Home समाचार खेलकुद मन्त्रालयको प्रदेश पत्रकारिता पुरस्कार पत्रकार यादवलाई

खेलकुद मन्त्रालयको प्रदेश पत्रकारिता पुरस्कार पत्रकार यादवलाई

by अंकुश दैनिक
4 views

वीरगञ्ज ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रदेश तर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार पर्साका पत्रकार तिवारी यादवले पाउने भएका छन् ।

नयाँ पत्रिका दैनिकका पर्सा संवाददाता यादवलाई अगामी माघ १७ गते युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले २५ हजार रुपैयाँ नगद राशिसहित सम्मान पत्र प्रदान गर्ने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ  । यादव नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्षपनि हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.