Home समाचार बिआरआई ऋणलाई अनुदानमा परिणत गर्न प्रदर्शन

बिआरआई ऋणलाई अनुदानमा परिणत गर्न प्रदर्शन

by अंकुश दैनिक
18 views

वीरगन्ज ।

चिनिया महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको  लागी ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको हो । राष्ट्रीय एकता अभियान, पोखराले ऋणमुक्त ऱ स्वाधीन पोखरा अंतराष्ट्रीय विमानस्थलको लागि सचेतना रैली निकाल्दै  प्रदर्शन गरेको छ ।

अभियानका केंद्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा पोखरा बिमानस्थललाई ऋणजालबाट मुक्त गर,विमानस्थल पूर्णरुपले संचालन गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर,बिआरआई ऋणलाई अनुदानमा परिणत गर  जस्ता नारा लगाइएको थियो । पोखरा अन्तराष्ट्रीय विमानस्थलको चिनियाऋण अनुदानमा परिणत गरियोस भन्दै  मुख्यमांग सहित निकालिएको रैली पोखराको सभागृह अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी पृथ्वीचौक मा पुगेपछि कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्यासित रुपमा बढेको चिनिया सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिन्ता खतरामा परेको आरोप लगाएका थिए । संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चिनको सक्रियता र सहयोग दुबै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठुलो आवश्यकता रहेको बताउनु भयो । उहाले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको लागि चिनले दिएको सहयोग नेपालको लागी ठुलो ऋणजाल सबित हुने ठोकुवा गर्नुभयो ।संयोजक यादवले पोखरा बिमानस्थलमा देखिएको आर्थिक घाटापुर्तिको बहानामा चिनिया सेना पोखरामा ल्याउने ठुलो खेलभइरहेको आरोप समेत लगाएका थिए ।नेपालको सार्वभौमसता माथि बढदै गएको खतराबाट समयमै  सचेत हुन सबै नेतालाई आफुहरुले पटक पटक अनुरोध र आहवान गर्दै आएपछि घैटोमा घाम नलाग्नु दुखको कुराभएको सहयोजक यादवको भनाइ थियो ।

वक्ताहरुले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट भबिष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगीन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रमका सुनिल धामीले सहभागी सबैलाई धन्यवाद व्यक्तगर्दै तराईमा बढदै गएको चिनीया सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्री लगायत सबै नेताहरुलाई आह्वान गरेका थिए ।कार्यक्रम संचालन शेरबहादुर बिश्वकर्माले गर्नु भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.