Home Top News यो मुलुकमा मत्स्य न्याय चल्दैंन : महामन्त्री थापा

यो मुलुकमा मत्स्य न्याय चल्दैंन : महामन्त्री थापा

by अंकुश दैनिक
19 views

विरगंज ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बीरगन्ज महानगरका मेयर राजेशमान सिंह पदमा भएकै कारणले कानुनी दायरामा अहिलेसम्म नआएको बताएका छन् ।अंकुश दैनिका पत्रिको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले बताउनु भयो।

थापाले, उनको ठाउँमा अरु कुनै सामान्य नागरिक भएको भए, ऊ अहिलेसम्म कानुनी कठघेरामा हुन्थ्यो । मेयर सिंहको यो नागरिकता प्रकरण पदको कारण तथा सत्ता गठबन्धनको दलमा उनी सहभागी दलको आवद्धता रहेकै कारणले मात्र अहिलेसम्म छानविनको दायरमा नआएको महामन्त्री थापाले भन्नु भयो।

‘एउटा कुनै व्यक्तिले नागरिकतामा किर्ते गर्‍यो भने, त्यो नागरिकतामा किर्ते गर्ने व्यक्ति कहाँ पुग्छ ? तर कुनै व्यक्ति कुनै एउटा राजनीतिक दलमा छ, पदमा छ, उनी भन्छन्,‘त्यो राजनीतिक दल अहिले गठबन्धनको दलको बैठकमा बस्ने हैसियत राख्छन भने त्यसले त्यहीकारणले दुई वाट नागरिकता बनाउने छुट पाएको छ, यस्तो पनि राज्य हुन्छ ? महामन्त्री थापाले स्टेट्का लागि त सबै बराबर हुन्छन् नि ?  भनी प्रतिप्रश्न गरें।

कार्यक्रममा सहभागी प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मिडिया स्वतन्त्र नभएको जिकिर गरेका थिए । त्यसकारण मिडिया कुनै दलको हुनैपर्छ भन्ने परिपाटीको अन्त्य हुनुपर्ने जरुरी रहेको सुझावसमेत दिएका थिए ।

२५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा सांसद अजय चौरसिया, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी सहित वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणासहितकाले आफ्नो देशको अवस्था र पत्रकारिता कोे अवस्था बारे चर्चा गर्नु भयो।

उक्त अवसरमा वरिष्ठ पत्रकार त्रय ईश्वरचन्द्र गौतम, हरिहर विरही र कविर राणा लाई महामंत्री थापाले दोस्सला ओढाएर कदरपत्र सहीत सम्मान गर्नु भयाे।

 


अंकुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहमा आधा दर्जन भन्दा बढी पत्रकारलाई सम्मानित गरिएको थियो। अंकुश दैनिक २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा अंकुश दैनिक पत्रिका सँग कुनै कालखण्डमा सहयाेग पुर्याएको र आबद्ध रहेका बीरगन्जका पत्रकारहरु क्रमशः केसी लामिछाने, शत्रुघ्न नेपाल, गोविन्द देवकोटा,ओमप्रकाश खनाल, राम सर्राफ ,विजय भण्डारी, विजय चौहान,प्रेम कार्की, मुकुन्द आचार्य, शिव पटेल,राजु श्रेष्ठ,गुरुप्रसाद गौतम,उदय दास थारु,सन्तोसमान रन्जितकार, अर्जुन गुप्ता ,अनिल तिवारी, राजन रौनियार, अमित वर्णवाल, बृजकिशोर पण्डित,सुतेन्द्र प्रताप सिंहसहितका पत्रकारलाई कदरपत्रसहित सम्मानित गरेको हो ।

पत्रिका घरघरमा पुर्‍याउने हकरहरु जमुना शाह, रामशंकर पण्डित, राजु पटेल, पौडेल अफसेट कदरपत्रसहित आयोजकले सम्मानित गरेको थियो ।

पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि कांग्रेस महामन्त्री गगन थापाले कदरपत्र दिँदै पत्रकारहरुलाई सम्मानित गरेका थिए ।

पत्रकार महासंघका केन्द्रीय सचिव एवम अंकुस दैनिकका प्रधान सम्पादक दीपेन्द्र चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसै गरी नेपाली कांग्रेस पर्साको प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले यो मुलुकमा मतस्य न्याय नचल्ने भन्दै कांग्रेसलाई अहिलेको मतले नपुग्ने भन्दै आफ्नो बलमा सरकार बनाउन १५ लाख मतदाता थपिनु पर्ने चर्चा गर्नु भयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.