Home Top News मेयर सिंहमाथि सरकारी वकिलको कार्यालयमा निवेदन

मेयर सिंहमाथि सरकारी वकिलको कार्यालयमा निवेदन

by Ankushdaily
702 views
वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि आज जिल्ला सरकारी वकिलको कार्यालय पर्सामा निवेदन दर्ता गरिएको छ।

सरकारी कागज किर्ते सम्बन्धी कसुरमा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउन जाँदा दर्ता गर्न आनाकानी गरेको आरोप लगाउदैं वीरगञ्ज छपकैया ३ बस्ने लियाकत अलीले सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन ।

सरकारी वकिलको कार्यालयले आजै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र लेखि आवश्यक कानुनी कारबाहीको लागि भनि लियाकत अलीको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ।

निवेदनमा मेयर सिंह, रुबिना श्रेष्ठ र रिता भट्टराई माथि कारबाहीको मांग गरीएको छ। स्मरण रहोस् मेयर सिंहले रुबिना श्रेष्ठको नागरीकता बनाउँदा पेश गरेको जन्म दर्ताको कागजात नक्कली भएको तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले बताई सकेका छन् ।

निवेदन पत्र:

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.