Home Top News ठुल्ठुला तानासाहहरुको सेखी प्रेसले झारेको छ : सांसद यादव

ठुल्ठुला तानासाहहरुको सेखी प्रेसले झारेको छ : सांसद यादव

by Ankushdaily
118 views

वीरगञ्ज ।

प्रतिनिधिसभाका सदस्य एवं पुर्वमन्त्री प्रदीप यादवले नेपाली प्रेसले ठुल्ठुला तानासाहहरुको सेखी झारेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सवको सन्दर्भमा रासस वीरगञ्ज कार्यालयद्वारा आज आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद यादवले समाजलाई सही मार्ग देखाउन र सुशासन कायम गर्नमा प्रेसले ठुलो भूमिका खेलेको बताउनुभएको ।

“रासस एउटा समाचार दिने संस्था मात्र नभई सिंगो नेपाल भएको,प्रतिनिधिसभाका सदस्य यादवले भन्नुभयो, “मुलुकको एक मात्र समाचार एजेन्सी राससप्रति राज्यको उचित ध्यान पुग्न सकेको छैन । राससलाई जनताको सञ्चारमाध्यमका रुपमा विकास गर्नु जरुरी छ ।”

जनहितका बारेमा आफुले सदनमा राखेको कुरालाई काठमाडौंको मिडियाले खासै महत्व नदिएको गुनासो गर्दै सांसद यादवले दुई चार जना नेताले सदनमा बोल्दा कर्पोरेट मिडियाका पत्रकारहरु बाहिर भएपनि बुम र माइक लिएर हस्याङ फस्याङ गर्दै दौडिने गरेको सदन भित्र आफुले देखेको बताउनु भयो।

प्रतिनिधिसभाका सदस्य यादवले किसान सिँचाइ, बीउबिजन र मलखाद्य नपाएर छटपटाइरहे पनि राष्ट्रियस्तरका सञ्चारमाध्यमले ती किसानको समस्यालाई उचित स्थान नदिएकोप्रति गुनासो गर्नुभयो । उहाँले मलखाद्य उद्योग सञ्चालनका विषयमा छलफल भए पनि मुलुकमा उद्योग सञ्चालनको कुनै सम्भावना नरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चोहानले आधिकारिक, विश्वसनीय, सन्तुलित समाचार सम्प्रेषणमा राससले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गर्नुभयो । राससले समाचार सामग्रीको गुणस्तरीयताका लागि समयसापेक्ष प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रविधिको विकाससँगै राससले पनि आफ्ना सेवा थप्दै जानु सकारात्मक भएको चर्चा गर्नुहुँदै चोहानले राससले भ्रष्टाचार, बेथितिका विरुद्ध निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

रासस वीरगञ्ज पर्साका प्रमुख राजु विश्वकर्माको अध्यक्षतामा आयोजित अन्तक्र्रिया कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोजकुमार दास, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बञ्जारा,नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय महासचिव रामकुमार एलन, नेपाल पत्रकार महासङ्घ पर्साका सभापति अनुप तिवारी,प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारीलगायतले सञ्चार क्षेत्रमा राससले पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

राससका पर्सास्थित स्थानीय समाचारदाता माधुरी महतोद्वारा सञ्चालित कार्यक्रममा स्थानीय समाचारदाता विजयकुमार चोहनाले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.