Home Top News कांग्रेसभित्र सनातन हिन्दूराष्ट्रको मुद्दा सशक्त बन्दै

कांग्रेसभित्र सनातन हिन्दूराष्ट्रको मुद्दा सशक्त बन्दै

by Ankushdaily
15 views

काठमाडौँ ।

नेपाली कांग्रेसको महासमिति बैठक शुरु हुनु अगाडि हिन्दूराष्ट्रको मुद्दा गहन रुपले उठ्ने लक्षण देखिएको छ । यसअघि यो मुद्दालाई उठाइए पनि नेतृत्वले नसुनेको सन्दर्भमा यसपालि भने मुद्दाले स्थान पाउने र हिन्दूराष्ट्रको अभियानलाई कांग्रेसले ग्रहण गर्नुपर्नेमा अभियन्ताहरुको विश्वास छ ।
शुक्रबारमात्रै पार्टीको केन्द्रीय समिति बैठकमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको मुद्दालाई पूरक प्रस्तावका रुपमा लिन आग्रह गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

शनिबार भने कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताएका हुन् । अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्यभीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन् ।

यो महाअभियानले सोमबारदेखि शुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको अजेन्डा उठाउने तयारी गरेको छ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई उपेक्षा गरिएको भन्दै यसपालि महासमिति बैठकमा हिन्दूराष्ट्रको अजेन्डा जोडतोडका साथ उठाइने नेताहरुले बताएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.