Home Top News नेपाली काँग्रेसको महासमिति बैठक आजदेखि शुरु हुँदै

नेपाली काँग्रेसको महासमिति बैठक आजदेखि शुरु हुँदै

by Ankushdaily
10 views

काठमाडौं ।

आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आज दिउँसो १ बजेबाट सुरू हुनेछ । सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन ।

आजवाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला  सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।

प्रचार बिभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने भएका छन ।

यसरी प्रस्तुत भएका प्रतिवेदन माथी समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ । बैठक फागुन १० गतेसम्म चल्नेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.