Home Top News सद्भाव कायम राख्न सांसद यादवको अपिल

सद्भाव कायम राख्न सांसद यादवको अपिल

by Ankushdaily
104 views

वीरगंज ।

पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले समाजका सबै पक्ष सँग सद्भाव कायम राख्न अपील गर्नु भएको छ।

परिवर्तनको साक्षी रहेको वीरगंज शहरमा बाहिरबाट आएका केही असामाजिक तत्वहरुले आपसी सद्भाव भड्काउन खोजेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता तत्व संग सजग रहन आग्रह गर्नु भएको छ ।

राजधानीबाट आज गृह नगर वीरगंज आउँदै सांसद यादवले प्रजीअ दिनेश सागर भुषाललाई आजै सोमबार सर्वपक्षीय बैठक राख्न आग्रह गरेको बताउनुभयो। आजै जिल्ला प्रशासन कार्यालय पर्सा मा ११:३० बजे सर्वपक्षीय बैठक बोलाइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.