Home Top News कांग्रेस महासमिति बैठक: पाँच प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेटको समय

कांग्रेस महासमिति बैठक: पाँच प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेटको समय

by Ankushdaily
7 views

काठमाडौं ।

नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ।

समूहगत छलफलमा सहभागीहरूले आज प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन्। आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ।

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ। कांग्रेसको महासमिति बैठक फागुन १० गते बिहीबारसम्म सञ्चालन हुने छ।

समूहगत छलफलमा आज सबै सहभागीहरूले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।

‘‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरूको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौँ । सबै सदस्यहरूले आफ्ना धारणा तथा सुझावहरू राख्न पाउनु हुनेछ। ’’ उनले भने।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.