Home Top News किर्ते नागरिकता दिलाएको आरोप लागेका मेयर सिंहमाथि छानबिन गर्न नेपाली कांग्रेस पर्साको माग

किर्ते नागरिकता दिलाएको आरोप लागेका मेयर सिंहमाथि छानबिन गर्न नेपाली कांग्रेस पर्साको माग

by Ankushdaily
781 views
बीरगंज ।
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अरुको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज खडा गरी नागरीकता दिलाएकोमा नेपाली काँग्रेस पर्साले ढिलै भएता पनि आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । केही हप्ता अगाडी देखी नै पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदीनको अगुवाइमा मेयर राजेशमान सिंह को यो किर्ते प्रकरण बारे वीरगंजको सडक र सदनमा समेत कुरा उठेको भएता पनि हाल सम्म देखिने गरि कुनै कारवाही भएको छैन उल्टै कांग्रेसको टिकटबाट निर्वाचीत वडा अध्यक्षहरु नै सिंहको समर्थनमा निकालिएको जुलुशमा सहभागी भई राजेशमान सिंह जिन्दाबादको नारा लगाएका थिए।

 

 

फोटो: नेपाली काँग्रेस पर्साले जारी गरेको प्रेस विज्ञप्ति ।

नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले प्रेस विज्ञप्ति जारी गर्दै देशको शासन व्यवस्था संविधान र कानुन बमोजिम चल्नु पर्दछ, कानुन भन्दा माथि कुनै संस्था वा व्यक्ति रहनु हुँदैन भन्ने मान्यता रहेको र कानुनको उल्लंघन गर्ने जो कोही पनि कानुन बमोजिम कार्वाही र सजायको भागीदार हुनु पर्दछ, कानुन उल्लंघन गर्ने छुट कसैलाई हुनु हुँदैन भनी आफनो विज्ञप्तीमा उल्लेख गरेका छन्
सो विज्ञप्तीमा ‘उक्त नागरिकताको सम्बन्धमा सत्य तथ्य निष्पक्ष छानविन गरी दोषी देखिएकालाई कानुनको दायरामा ल्याई आवश्यक कार्वाही प्रकृया अगाडी बढाउनका लागि नेपाली काँग्रेस पर्सा सम्बन्धित सरोकारवाला सम्पूर्ण निकायहरु संग जोडदार मांग गर्दछ’ उल्लेख छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.