Home Top News वर्कसपमा विस्फोट हुँदा सञ्चालकको मृत्यु, पाँच जना घाईते

वर्कसपमा विस्फोट हुँदा सञ्चालकको मृत्यु, पाँच जना घाईते

by Ankushdaily
202 views

वीरगञ्ज ।

बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा वोल्डिग वर्कसपका संचालक रेशम मगरको मृत्यु भएका छ । निजगढ नगरपालिका ९ का रेशम मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दैगरेको अचानक ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।

विस्फोटबाट घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल , ठेगाना नखुलेको २० वर्षीय ऋतु रजक, निजगढ ५ का ४५ वर्षीया सूर्यबहादुर थापा र पर्साका फिरोद देवान रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेको छ ।

थापाको निजगढ र अन्यको बिरगज स्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ । प्रहरी प्रवक्ता न्यौपानेले लेथमा फलाम काट्ने क्रममा ग्यास सिलिण्डर विष्फोट भएको घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

यस्तै घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका राजनीतिक दलहरूले माग गरेका छन्। सोमबार साझ संयुक्त विज्ञप्ती जारी गरी घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन राजनीतिक दलले माग गरेका हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.