Home खेलकुद त्रिकोणात्मक टि–२० क्रिकेट: नामिबिया र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टि–२० क्रिकेट: नामिबिया र नेदरल्याण्ड्स भिड्दै

by Ankushdaily
10 views

काठमाडौं ।

त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

सोमबार बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान किर्तीपुरमा खेल शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिष्पर्धा गर्नेछ ।

नेदरल्याण्ड ३ खेलमध्ये एकमा हार र दुई खेलमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेट रनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.