Home राजनीति देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

by Ankushdaily
20 views

काठमाडौं ।

नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको बैठक बोलाएका हुन्।

बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ। यसअघि आजै बिहान कांग्रेसका सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए।

कांग्रेस सहमहामन्त्री जीवन परियारका राष्ट्रिय राजनीतिमा विकसित नयाँ राजनीतिक घटनाक्रमको विषयमा आजको बैठकमा छलफल हुनेछ।

यता गठबन्धन भत्किने लगभग निश्चित भएपछि नयाँ समीकरणको कसरत सुरु भएको छ। दलहरु बिहानै देखि आन्तरिक छलफलमा जुटेका छन्।

गएराति नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.