Home खेलकुद त्रिकोणात्मक टी- २० क्रिकेट: उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी- २० क्रिकेट: उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

by Ankushdaily
9 views

काठमाडौँ ।  

त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालमा जारी खेलमा आज फाइनल खेल हुँदैछ । आजको खेलमा नेपाल उपाधि जित्नका लागि नेदरल्याण्ड्सविरुद्ध उत्रँदै छ।

नामिबिया, नेपाल र नेदरल्याण्ड्स सम्मिलित श्रृंखलामा आज फाइनल खेल हुन लागेको हो ।

फाइनलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ बजेबाट कीर्तिपुरमा शुरु हुनेछ ।

चर वटा खेल खेल्दा नेपालले दुई, नेदरल्याण्ड्सले २ र नामिबियाले १ मा जित निकालेका छन् ।

त्यस्तै नेदरल्याण्ड्स र नामिबियाबीचको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका थिए ।

नेपालले एक खेल नामिबिया र एक खेल नेदरल्याण्ड्ससँग जितेको हो भने समान १-१ खेल दुवै टोलीसँग पराजय व्यहोरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.