Home समाचार वातावरण: जिउने आधार पर्सा शाखाको पदास्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

वातावरण: जिउने आधार पर्सा शाखाको पदास्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

पर्यावरण अभियानमा काम गर्ने व्यक्तिलाई संस्थाले सहायता प्रदान गर्ने

by Ankushdaily
49 views
वीरगंज ।
लिभिङ् विथ इन्भायरमेन्ट(वातावरण: जिउने आधार)पर्सा शाखाको पदास्थापन तथा सम्मान  कार्यक्रम सम्पन्न भएको छ ।
लिभिङ्ग विथ इनभाइरोन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको पर्सा शाखाको संयोजकमा अनमिका तिवारी,सहसंयोजकमा लकी वर्णवाल,सचिवमा आयुष्मा सोनी,कोषाध्यक्षमा सुमन ठाकुर कार्यक्रम संयोजकमा अलोक मण्डल, सूचना अधिकारीमा उज्ववल राउत र सदस्यहरुमा प्रार्थना साह,बिकी सिंह र धिराज लाई पदास्थापित गराइएको थियो ।
साथै संस्थाको साधारण सभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेको केन्द्रिय अध्यक्ष चौहानले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताए । उनले उमेर त एउटा कुरा भयो युवाको परिभाषाकालागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित गर्न नहुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउनेकुरा सम्बिधानले ग्यारेन्टी गरेको चर्चा गर्दै त्यो प्रवन्ध क्रियान्वयनमा सरकारहरु उदासिन रहेको चर्चा गरे । उनले स्वच्छ वतवारणको मुद्धा बिश्वब्यापी उठेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा संस्थाका पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु कृष्ण चौरसिया, राजन रौनीयार, दिपु वर्णवाल, प्रभात सिंह, प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता, फिराेज अन्सारी लगायतकालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन, पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार सन्तोष मिश्र, बिमला गुप्ता,अजित भूजेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.