Home Top News मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

by Ankushdaily
29 views

काठमाडौं ।

सरकारले मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रदेश प्रमुख प्रिथ्विमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.