Home Top News तस्कर र प्रहरी प्रशासनको उर्वर भूमि मधेश प्रदेश

तस्कर र प्रहरी प्रशासनको उर्वर भूमि मधेश प्रदेश

by Ankushdaily
443 views
अंकुश संवाददाता,
वीरगञ्ज । 
मधेश प्रदेशको ८ वटा जिल्लाका सिमा नाकाहरु तस्कर र प्रहरी प्रशासनको उर्वर भूमि बनेको छ । आसन्न होली पर्वको पूर्व सन्ध्यामा तस्करी जोडतोडका साथ चली रहेको कारणले गर्दा मधेश प्रदेश स्थित कुनै पनि भन्सार नाकाले आफनो लक्ष्य अनुरूपको राजस्व संकलन गर्न सकेको छैन् ।
बारा पर्साका ठूला ठूला ब्यापारी कम तस्करहरुलाई वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत डिला राम पन्थीले ज्वाइँ सरह सुबिधा प्रदान गरी एउटै प्रज्ञापन पत्रबाट ३/४ खेप सामान ल्याउने अवसर प्रदान गरेकोले बारा पर्साका अधिकांश ग्रामिण नाकाहरुबाट रक्सी र स्याउको निकासी भारत तर्फ भई रहेको छ ।
रौतहट जिल्लामा तस्करीको बेताज बादशाह अहिले पनि गौर नगरपालिकाका मेयर शम्भु साह नै भएको र उनको भाई कौशल साह,मनोज साह , सुनिल जैसवाललाई रौतहट स्थित भन्सार कार्यलय जिम्मा लगाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको संरक्षणमा रहेका शम्भु साहका भाई कौशल साह भन्सार एजेण्ट रहेकोले त्यस नाकाबाट उनको स्वीकृती बगैर कसैलाई कपडाको कारोबार गर्ने अनुमति नभएको बताईन्छ ।
रौतहटको बंकुल, सर्मुजवा, रामपुर खाप, लक्षमणपुर बेलबिछवाबाट पनि ब्यापक तस्करी भई रहेको र सशस्त्र प्रहरीको डी.एस.पी अमर लामाको यस कार्यमा भरपूर सहयोग रहेको छ ।
मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेलले प्रदेश भरी आधा दर्जन भन्दा बढी घुमुवा खटाएर असूली धन्दालाई बढावा दिएका छन्  आफ्नो जागिरे जीवनमा रौतहटको प्रमूख र मधेश प्रदेश जनकपुरमा एसएसपी बसेर आय आर्जनबारे ब्यापक अनुभव बटुली सकेका डिआईजी पोखरेल यहिबाट सेवा निर्वित हुने भएकोले पनि उनी आफ्नो ध्यान असूलीमा केन्द्रित गरेका हुन ।
पर्सा जिल्लामा कार्यरत असई प्रमोद सिंह, प्रज राजकुमार गुरुङ, प्रहरी हवल्दार उपेन्द्र यादव सर्लाही, प्रबह सुरेन्द्र ठाकुर जनकपुर र प्रह शैलेश पटेल बारा जिल्लामा डीआईजी पोखरेलले असूलीको लागि खटाइएको बुझिएको छ। बारा जिल्लामा कार्यरत असई वीरेन्द्र यादब लाई पनि समन्वयकोे लागी परिचालन गरिएको छ।
सर्लाहीको नारायण पुर, संग्राम पुर, त्रिभुवन नगर र खुटौना, महोत्तरी जिल्लाको मटिहानी, मारुवाहि र सम्सी नाकाबाट ब्यापक तस्करी भई रहेको छ। यसै गरी सिरहा जिल्लाको माडर, ठाडी, बरियार पट्टी, चतरी र झाँझपट्टी नाका र सप्तरीको छिनमस्ता, नर्घो, बेल्ही, पातो, बोदे वर्षाईन र स्वर्णपट्टी नाकाबाट तस्करी भारी मात्रामा भई रहेको छ ।
भारतबाट खाद्यान्न, लत्ता कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स आइटम, प्याज,पान मसाला, सुर्ती नेपाल तर्फ आई रहेको छ भने भारत तर्फ चिनियाँ स्याउ,रक्सी र लहसुन गई रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.