Home खेलकुद पीएनजीमाथि नेपालको सानदार जित

पीएनजीमाथि नेपालको सानदार जित

by Ankushdaily
14 views

काठमाडौं ।

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। आज बिहान भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र बनाउन सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन्।

कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। प्रतिश जिसीले २, आकाश चन्द र गुल्सन झा ले समान एक/एक विकेट हात पारे।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक बनाए। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।

यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। लोकेश बमले ६ बलमा १४ रन बनाए। आउट हुनुअघि उनले २ छक्का प्रहार गरे। विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे। यसअघि विनोद भण्डारी २७ रन बनाए।

पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले समान १/१ विकेट लिए।  जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ।

आजै हुने लिग चरणको अन्तिम खेलमा पिएनजीले घरेलु टोली हङकङसँग खेल्नेछ।  सिरिजको फाइनल बुधबार हुनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.