Home Top News नवलपरासी पश्चिम महेशपुर भन्सार नाकाका कुख्यात तस्कर वीरगञ्जका विजय साह भएको खुलासा

नवलपरासी पश्चिम महेशपुर भन्सार नाकाका कुख्यात तस्कर वीरगञ्जका विजय साह भएको खुलासा

by Ankushdaily
992 views
अंकुश संवाददाता,
वीरगञ्ज । 
वीरगञ्ज बजारमा किराना स्टोर सञ्चालन गरी बेला बखत किराना आइटमको तस्करी गर्ने विजय साह नवलपरासी पश्चिम महेशपुर भन्सार नाकाका कुख्यात तस्कर भएको पोल खुलेको छ। फाल्गुण २१ गते सशस्त्र प्रहरीले महेशपुर नाकाबाट तस्करी गरी ल्याएको ३ सय २० क्विन्टल केराउ र ४० क्विन्टल चिनी पक्राउ गरेर भन्सार चलान गरेपछि विजय साह तेलीको संलग्नता बारे समाचार बाहिर आएको छ ।
तेलीले रामग्राम नगरपालिकाको वार्ड नं ८ का वडा अध्यक्ष महेन्द्र ठाकुर सँग माल तस्करीको माध्यमले नेपाल मंगाउने र मालको लोडिङ अनलोडिङ हेर्नका निम्ति शिव कुमार बानियाँलाई खटाइएको बताईन्छ ।
विजय साह तेलीको तस्करीको नेटवर्कको बारेमा राजश्व अनुसन्धान बिभाग हरिहर भवनमा जानकारी भएपछि पाँच दिन अगाडी एउटा टोली वीरगञ्ज आई अनुसन्धान गरी फर्केको छ। त्यस बखत विजय वीरगञ्जबाट फारार रहेका थिए ।
विजय साह विगत दुई वर्षदेखि महेशपुर नाकाबाट काजु मसाला चिनी र खाद्यान्नको तस्करी गर्दै आएको तथ्य उजागर भएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.