Home Top News नवनागरिक विजय साह तेली माथि निगरानी आवश्यक

नवनागरिक विजय साह तेली माथि निगरानी आवश्यक

by Ankushdaily
329 views
अंकुश संवाददाता,
विरगंज । 
तीन दशक अगाडी साईकलमा कोभी (काउली) बेच्दै हिँडने भारतीय नागरिकका छोरा विजय साह तेली आज नेपालको नागरिक मात्र नभई दुई सय करोड भन्दा बढी सम्पतिको मालिक बनेका छन् ।
आदापुर बिहार राज्यको पूर्वी चम्पारणको मूल निवासी विजय साह तेलीले झूठो बिबरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरीकता मात्र हाँसिल गरेनन् खाद्यान्न र मसालाको तस्करीको गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका छन ।
आज विरगंजमा उनको ४ वटा विशाल भवन काठमाडौंमा दुईवटा घर सहीत दर्जनौं गोदाम घर देश भित्र रहेको छ ।
विजय साह तेली जस्ता नवधनाढ्य एवं नवनागरिक माथि राजश्व अनुसन्धान र सम्पति शुद्धिकरण विभागले निगरानी बढाउन आवश्यक छ।
विजय साह विगत दुई वर्षदेखि महेशपुर नाकाबाट काजु मसाला चिनी र खाद्यान्नको तस्करी गर्दै आएको तथ्य हालै उजागर भएको छ।
फाल्गुन २१ गते सशस्त्र प्रहरीले नवलपरासी पश्चिम महेशपुर भन्सार नाकाबाट तस्करी गरी ल्याएको ३ सय २० क्विन्टल केराउ र ४० क्विन्टल चिनी पक्राउ गरेर भन्सार चलान गरेपछि विजय साह तेलीको संलग्नता बारे समाचार बाहिर आएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.