Home Top News भारतीय मालवाहक ट्रक ठेकेदार र ट्राफिक प्रहरीको दुहुनो गाई

भारतीय मालवाहक ट्रक ठेकेदार र ट्राफिक प्रहरीको दुहुनो गाई

by Ankushdaily
89 views
अंकुश संवाददाता,
विरगंज । 
भारतीय मालवाहक गाडीहरुलाई सुख्खा बन्दरगाहमा अनावश्यक रूपमा दुःख दिएर महानगरपालिकाको ठेकेदार र त्यहाँ खटेका ट्राफिक प्रहरीहरु नाजायज असुलीलाई बढावा दिएका छन ।
नगरपालिकाले मालवाहक गाडीहरुबाट तोकेको दर रेट भन्दा बढी असूली गरेको पाईएको छ । उदाहरणको लागि नेपाली रू २२६  लिनु पर्ने ठेकेदारले रू २२६ भारू असुली रहेको अंकुश लगायतका पत्रकारहरुको टोलीले आफ्नै आँखा अगाडि बुधबार देखेका थिए।
यसैगरी सुख्खा बन्दरगाहबाट भन्सार तिरेर निस्केका मालवाहक ट्रकहरुलाई ओभरलोडको निहुँ मा ४ दिन सम्म ट्राफिक प्रहरीले झुलाएर राखेको नुन लोड भएको ट्रक पनि देखियो ।
यस बारे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाले ट्राफिक प्रहरीको कमी कमजोरीहरु अगामी दिनमा सुधारेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

पुरा भिडियो :-  https://fb.watch/qOPRHni0Qa/?mibextid=v7YzmG

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.