Home समाचार मनि ट्रान्सफर लुट्ने तिन भारतीय अपराधी पक्राउ, संञ्चालक गम्भीर घाइते

मनि ट्रान्सफर लुट्ने तिन भारतीय अपराधी पक्राउ, संञ्चालक गम्भीर घाइते

by Ankushdaily
112 views
सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
शिवम मनि ट्रान्सफरका संञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार मनि ट्रान्सफरका संञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो।
गोली लागेर गम्भीर घाइते भएका साहको गौर अस्पतालमा सामान्य उपचार पश्चात् वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो। गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिने सफल भएको हो ।
भारतीय नम्बरको अपाचे मोटरसाइकल चढेर तीन जनाको समुहमा आएका भारतीय लुटेरा समूहले संञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए।
लुटपाटमा संलग्न भारत मोतिहारीका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।
उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको श्रेष्ठले बताए।
घटना स्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईँ सहितका टोली खटिएको छ। नेपाल भारत सिमाक्षेत्रमा कडाई गरिएको छ। घटना स्थल सिमाक्षेत्र बाट करिब तीन सय मिटर उत्तर क्षेत्र पर्दछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.