Home समाचार सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

by Ankushdaily
22 views

काठमाडौं ।

माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरेको हो।

उनलाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई यति एयरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई काठमाडौं ल्याउन लागिएको बुझिएको छ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.