Home abc ग्रामिण पत्रकार समाज पर्सा र आकाश एफएमको होली मिलन समारोह सम्पन्न

ग्रामिण पत्रकार समाज पर्सा र आकाश एफएमको होली मिलन समारोह सम्पन्न

by Ankushdaily
33 views
पोखरिया ।
ग्रामिण पत्रकार समाज पर्सा र आकाश एफएमको आयोजनामा होली मिलन समारोह तथा घैला फोड्ने कार्यक्रम आज पोखरीयामा सम्पन्न भएको छ।
घैला फोड्ने उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुम्न चौहानले घैला फोड्ने कार्यक्रमबाट मधेशको संस्कृति र परम्परा झल्किने र मनोरञ्जन हुने बताए।
पोखरिया नगरपालिकामा यो पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद गरेका थिए। उनले यो कार्यक्रम अब प्रत्येक बर्ष होली पर्वको उपलक्षमा गर्ने प्रतिबद्धता जनाए।
उनले होलीको दिन सवय भएर होली पर्व मनाउन सम्पुर्ण नगर वासीलाइ अनुरोध गरे । समाजका अध्यक्ष धर्मेन्द्र चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार,वाडा अध्यक्षहरु लछुमन साह कानु,नौसाद आलम, गोवर्धन यादव,आसा देवी चौहान, नेपाल पत्रकार महासंघ पर्साको अध्यक्ष अनुप तिवारी, सदस्य श्याम कुशवाहा, शंकर आचार्य, राधेश्याम पटेल,शैलेस गुप्ता शिक्षक पारस ठाकुर, रामबाबु चौहान, आकाश एफएमको शनि पटेल,बिकास पटेल, राम विश्वास चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए।
कार्यक्रममा ५२ जनाले धैला  फोरनको लागि भएका थिए। जसमध्ये १५ जनाले धैला फोड्नेका थिए। कार्यक्रममा घैला फोड्ने विजेतालाइ पुरस्कार वितरण गरिएको थियो। सुरेन्द्र सिंह ले संचालन गरेको कार्यक्रममा स्वागत सुदिप चौरसियाले गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.