Home abc स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने : सांसद यादव

स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने : सांसद यादव

by Ankushdaily
10 views
बीरगंज ।
पर्सा क्षेत्र नं १ का सांसद एवं पूर्वमन्त्री प्रदिप यादवले स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् । बीरगंज स्थित चिल्ड्रेन वल्ड माबिको बार्षिक उत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनु भएको हो ।
स्कुलका बिद्यार्थीहरुले बार्षिक उत्सवको अवसरमा प्रदर्शन गरेको क्रियाकलापबाट आफु हर्षित भएको बताउँदै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले यसबाट अभिभावकहरु समेत खुशी भएको जिगिर गरे ।
कार्यक्रममा सरकारी तथा समुदायिक बिद्यालयको बिषयमा आफ्नो धारण राख्दै पूर्वमन्त्री यादवले समुदायिक बिद्यलायलाई सुधार गर्दै जानु पर्ने कुरामा जोड दिए । उनले शिक्षकहरुले राजनितिक छोडनु पर्ने  बताउँदै शिक्षकहरुले पार्टीको झण्ड बोक्ने काम बन्द गर्नु पर्ने कुरामा जोड दिए ।
अहिले पनि समुदायिक स्कुलका बिधार्थीहरु बोरामा वसेर पढी रहेको बताउदै पूर्वमन्त्री यादवले निजी बिद्यालय तथा समुदायिक बिद्यालयका बिधार्थीहरुले एक समन रुपमा शिक्षा पाउनु पर्ने कुराको संकेत गरे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.