Home अन्तर्राष्ट्रिय ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प

by Ankushdaily
14 views
एजेन्सी ।
ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र हुलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणमा छ । भूकम्पपछि अहिले त्यहाँ साना ठूला परकम्पहरु आइरहेको जनाइएको छ । भूकम्पपछि ताइपेका केही ठाउँहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।
भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको खतरा भएको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिइसकेको छ ।
ताइवानमा भूकम्पका कारण भएको क्षतिको विवरण आइसकेको छैन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.