Home abc समाजवादी किसान महासंघको लुम्बिनी अध्यक्षमा पाण्डे चयन

समाजवादी किसान महासंघको लुम्बिनी अध्यक्षमा पाण्डे चयन

by Ankushdaily
27 views

देउखुरी ।

समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा सन्तोष पाण्डे चयन भएका छन् । प्रदेशको राजधानी देउखुरीम भएको भेलाले पाण्डेको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर मुख्य सचीवमा जाबेद आलम, सचिवहरु टेकराज के.सी. कन्हैया राजभर, कोषाध्यक्ष निरा चौधरी र सदस्यहरुमा मन्जु चौधरी, रामलखन यादव लगायत २९ सदस्यीय कमिटी गठन गरेको महासंघका केन्द्रीय उपमहासचिव तबरेज अहमदले जानकारी दिए । कार्यक्रममा समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष संजय सिंहले किसान समृद नभए देश समृद नहुने बताए । उनले देशको किसानको अवस्था बदलिए देशको अवस्था पनि बदलिए बताए ।


कार्यक्रममा नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई महासंघका लुम्बिनी प्रदेश उपाअध्यक्ष माधवराम बर्मा, अम्बिका काफ्ले, समाजबादी किसान महासंघ नेपालका केन्द्रिय महासचिव ओम श्रेष्ठ,केन्द्रिय सदस्य हरिकला चौलागाइ, तराई थरुहट अवध प्रदेश अध्यक्ष सुमित्रा चौधरी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

 

कार्यक्रममा समाजवादी किसान महासंघ कार्यसम्पादन समिति सदस्य श्रावण यादवले कार्यक्रमको उदेश्य र स्वागत मन्तब्य व्यक्त गरेका थिए । नवगठित पदाधिकारी एवम् सदस्यहरुलाइ पद तथा गोपिनियताको सपथ ग्रहण उपमहासचिव अहमदले गराएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अगुवाकिसानहरुको उपस्तिथि रहेको महासचीव ओम श्रेष्ठले बताए ।

कार्यक्रम संचालन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव राजन राना मगरले गरेका थिए ।

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशको आयोजनामा अगुवा किसान भेला पार्टीका प्रदेश अध्यक्ष असोक यादवको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.