Home समाचार नयाँ वर्ष र ईदको अवसरमा क्षेत्रीय सभापति गुप्ताद्वारा भव्य कार्यक्रमको आयोजना

नयाँ वर्ष र ईदको अवसरमा क्षेत्रीय सभापति गुप्ताद्वारा भव्य कार्यक्रमको आयोजना

by Ankushdaily
66 views
वीरगन्ज ।
मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद र नयाँ वर्ष उपलक्ष्यमा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्जका हजार भन्दा  बढी मुस्लिम धर्मावलम्बीहरुले सामुहिक रुपमा इफ्तारी गरेको थिए ।

यस्तै नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमपनि संगै आयोजना गरिएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी, संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य,पूर्व सांसद अजय द्विवेदी,प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता प्रभु हजरा, प्रदेश सभा सदस्य श्याम पटेल, एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य ,जसपाका जिल्ला सचिव तबरेज अहमद,जनमत पार्टीका केन्द्रीय सदस्य शशीकपुर मियाँ,पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी,कांग्रेसका महानगर सभापति मणिन्द्रलाल नेपाली लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.