Home abc पन्त मधेश प्रदेशमा निर्वाचित

पन्त मधेश प्रदेशमा निर्वाचित

by Ankushdaily
35 views
बिरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टीको मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन व्यवसायी संघ बिरगंजका अध्यक्ष हरि पन्त निर्वाचित भएका छन ।
मधेश प्रदेश कमिटीमा रिक्त रहेको दुई सदस्य पदको लागि पार्टी भित्र आन्तरिक चुनाव भएको थियो । बिन्दवासीनी मन्दीरको सभाहलमा हिजो सम्पन्न भएको आन्तरिक चुनावबाट पन्त बिजयी भएका हुन ।

पन्तले सर्वाधिक मतभार १७ मत प्राप्त गरी बिजयी भएका हुन । अर्को सदस्यमा सुदिश प्रजापती बिजयी भएका छन । प्रजापतीले १० मतभार पाएर बिजयी भएका हुन ।
कुल २८ मतभार मतदाता रहेकोमा ३ जना अनुपस्थित रहेका थिए । २५ जना मतदाताले निर्वाचनमा मतदान गरेका थिए ।

पर्साको चारै ओटा निर्वाचन क्षेत्रको निर्वाचित क्षेत्रीय पदाधिकारीहरु , जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्साबाट निर्बाचित प्रदेश प्रतिनिधिहरु मतदाता रहेका थिए ।

पराजित भएका उम्मेदवारहरु दिप राज पटेलले ९ मत प्राप्त गरे त्यस्तै मुर्ली जलानले ६ मत,राम सुन्दर आर्यले ४ मत अर्का दुई उम्मेदवारहरुले १/१ मत प्राप्त गरेका थिए ।
प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनाबमा शुरुमा १४ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए । सहमतीको वतावरण बनाउन छ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिए । तर अन्यले उम्मेदवारी फिर्ता नलिए पछि मतदान भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरुप पार्टीको जिल्ला सम्योजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरुद्वारा प्रदेश कमिटी सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी ब्यवस्था रहेको छ ।
केन्द्रिय संगठन बिभागका सचिब शंकर श्रेष्ठ ,केन्द्रिय सदस्य डा नन्दन यादब , मधेस प्रदेश सभापति इ तपेश्वर यादव, प्रदेश महामन्त्री मनिष साह, प्रदेश प्रवक्ता , कोषाध्यक्ष र जिल्लाका संयोजक उपसंयोजक लगायतका केन्द्रिय, प्रदेश र जिल्लाका पदाधिकारीहरुको उपस्थितिमा निर्वाचन सप्पन्न भएको थियो

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.