Home Top News डा.जैनुद्दिन अंसारीका छोरा शाहनवाज गिरफ्तार, ठुलो परिमाणमा म्याद गुज्रेको केमिकल बरामद

डा.जैनुद्दिन अंसारीका छोरा शाहनवाज गिरफ्तार, ठुलो परिमाणमा म्याद गुज्रेको केमिकल बरामद

by Ankushdaily
375 views

बिरगंज ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले देशकै स्वास्थ्य क्षेत्रको ठुलो माछा समाएका छन ।
पैसाको हवसमा दिन प्रति दिन धनपशु हुँदै गएको आरोप लाग्दै आएको डा.जैनुद्दिन अंसारीले नेशनल मेडिकल कलेजको डाईलयसिस,ल्याब र फार्मेसी सबै ठेक्कामा दिएको र त्यस वापत पैसा मात्र छापी रहेको गुनासो धेरैं पहिला देखि नै आएको भएता पनि तेलाबेला जान्ने मिलाउने खेलमा माहिर तत्कालीन एमडी बसरुद्दिन अंसारीले स्थानिय निकायका हर्ताकर्तालाई बुझो लगाउँदै आएका थिए ।
आफनै भाई बसरुद्दिन अंसारीलाई डा. जैनुद्दिनले गर्दनीया पास दिएर निकाले पछि उनको एमडी बनेका छोरा शाहनवाज अंसारी आफ्नो अस्पतालमा सुधार ल्याउनुको साटो आफ्नो महिला मित्रको बुवालाई बोलाएर चेकजाँच बिभाग र फार्मेसी जिम्मा लगाए पछि उनीहरु कमसल र म्याद गुज्रेको केमिकल प्रयोग गरी सर्वसाधारणको जिउधन संग खेलवाड गरी रहेको रिपोर्ट आएपछि वीरगन्ज महानगरपालिकाको उप-मेयरको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले नेशनल मेडिकल कलेजको ल्याबमा पुगी सोमवार दिउसो छापा मारेको थियो।
त्यहाँ ठुलो परिमाणमा म्याद गुज्रेको केमिकल प्राप्त भएपछि एसपी कुमोद ढुंगेललेलाई खबर भयो उनी मेडीकल कलेजमा गई एमडी शाहनवाज अंसारी र ल्याब प्रमुख संजय साहलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याए।
यो समचार लेखुन्जेल सम्म प्रहरीको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन । एमडी शाहनवाज अन्सारीलाई एसपी कुमोध ढुंगेलको कोठामा राखिएको  बुझिएको छ ।
नेशनल मेडिकल कलेजका अध्यक्ष डा.जेनुद्दिन अंसारी आफ्नो एक मात्र छोरा एमडी शाहनवाज अंसारीलाई छोडाउन साम दामको नीति अपनाई रहेको बुझिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.