Home समाचार ज्ञानदा एकेडेमीमा आइओटी तथा रोबोटिक्स विभाग स्थापना

ज्ञानदा एकेडेमीमा आइओटी तथा रोबोटिक्स विभाग स्थापना

by Ankushdaily
8 views
वीरगञ्ज ।
ज्ञानदा एकेडेमीले विद्यालयमा पहिलो पटक आइओटी तथा रोबोटिक्स विभाग स्थापना गरेको छ । ‘जहाँ धातुले दिमागलाई भेट्छ, नवीनताले उडान लिन्छ’ भन्ने भनाइलाई चरितार्थ गर्दै एकेडेमीले आइओटी तथा रोबोटिक्स विभागको स्थापना गरेको हो ।
मानिस र मेसिनबिचको सम्बन्धलाई रोबोटले भविष्यको कोरियोग्राफी गर्न उद्देश्यका साथ एकेडेमी गत चैत्र ९ गतेका दिन प्ल्स्त टू एनईबीको एक अलग भाग “अल्फा-एक्स क्लब” को उद्घाटन गरेको थियो । क्लबको उद्घाटन गर्दै ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले भावी पुस्ताको लुकेको प्रतिभा प्रदर्शन गर्ने तथा नवीन विचारहरूलाई प्रस्फुटन गर्न क्लबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । 
एकेडेमीमा आइओटी तथा रोबोटिक्स विभागको प्रमुख इकबाल हुसैनको संरक्षणमा १२ जना कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू सदस्य रहने गरी उक्त क्लबको गठन गरिएको छ । आइओटी तथा रोबोटिक्सको प्रत्यक्ष रेखदेखमा उक्त रोबोटिक्स क्लब अल्फा-एक्स क्लब सञ्चालन हुनेछ ।
एकेडेमीका प्रमुख कार्यकारी निर्देशक कोइरालाका अनुसार विद्यार्थीहरूले यस परिवर्तनकारी क्षेत्रमा गहिरो चासो देखाएका छन् । रोबोटहरू मार्फत मानवीय रूपमा असम्भव कार्यहरू समाधान गर्ने सम्भावनालाई मान्यता दिँदै एकेडेमीले आफ्नो उत्कृष्ट विद्यार्थीहरूको लागि प्रसिद्धि र सफलताको लागि मार्ग प्रशस्त गर्दै अबका पुस्तालाई यस अल्फा-एक्स क्लबले जहाँ प्रविधिले शिक्षासँग निर्बाध रूपमा गाँस्न सेतुको काम गर्ने उनले बताए । आइओटी तथा रोबोटिक्सले विद्यार्थीहरूलाई नवप्रवर्तनमा बढ्दो रूपमा निर्भर संसारमा अग्रगामी बन्न सशक्त बनाउन टेवा पुर्याउने उनको भनाई छ ।

ठूलो उत्साहका साथ क्लबका प्रतिभावान् सदस्यहरूले पहिलो परियोजनाअन्तर्गत स्वचालित घण्टी प्रणालीको निर्माण गरेका छन् । केही साताको समर्पण, सहयोग र नवीन सोच पछि अल्फा-एक्स क्लबले एउटा अत्याधुनिक प्रणालीको विकास गरेको हो । जसले कलेजमा घण्टी बजाउने तरिकामा क्रान्तिकारी परिवर्तन गर्नेछ । प्रविधिको विकाससँगै घनले हानेर घण्टी बजाउने दिनको अन्त्य भएको कोइरालाले बताए । स्वचालित घण्टी प्रणालीले निश्चय नै अविश्वसनीय कार्य गर्ने उनको विश्वास छ । परियोजनालाई वास्तविकतामा परिणत गर्न आफ्नो समय, शक्ति र विशेषज्ञता खर्च गर्ने सबै विद्यार्थीहरूले अथक प्रयास गरेको उनले बताए ।
ज्ञानदा एकेडेमीले प्रविधिको सीमाहरूलाई आङ्कलन गर्दै  रोबोटिक्सको संसारमा प्रगति गर्न अझै जारी राख्नेछ भन्ने दृढ अठोट लिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.