Home समाचार बागमतीका मेयर भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा, ५ करोडको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

बागमतीका मेयर भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा, ५ करोडको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

by Ankushdaily
25 views
बिरगंज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।
अख्तियारले २०७४ देखि २०७९ सम्म मेयर थापाको कुल १३ करोड २० लाखको सम्पत्ति देखिएको, जसमा ७ करोड ८६ लाख बराबरको सम्पत्तिको मात्र स्रोत भेटिएको भन्दै उनको ५ करोड ३३ लाख बराबरको सम्पत्ति गरिकानुनी रहेको ठहर गर्दै मुद्धा दायर गरिएको जानकारी दिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.