Home Top News मेडिकल कलेजको छापामारी शंकाको घेरामा

मेडिकल कलेजको छापामारी शंकाको घेरामा

by Ankushdaily
243 views

वीरगन्ज

मानवता विरुद्ध नेशनल मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दिन अंसारीले कैयौं अपराध गरेको भएता यो चैत २६ गते सोमवार वीरगन्ज महानगरपालिकाको उप-मेयर इम्तियाज आलम नेतृत्वको समितीले गरेको छापामारी विवादित बन्न पुगेको छ ।

कलेजका एमडी शाहनवाज अंसारीलाई पक्राऊ गरेर व्यक्तिगत अभीष्ट पूरा गर्ने जमातले उप-मेयरको अनभिज्ञतामा उनि संयोजक रहेको टोलीलाई दुरुपयोग गरीएको श्रोतले दावी गरेको छ ।

वीरगन्ज महानगरपालिकाले वडा नं १८ को वडा अध्यक्ष उमाशंकर तिवारी रहने गरी स्वास्थ्य समिती गठन गरेको छ । महानगरका स्वास्थ्य शाखालाई समेत कुनै जानकारी नगरी कलेजमा छापामारी गरेकोमा वडा अध्यक्ष तिवारी असन्तुष्ट बन्दै आज राजीनामा दिने मनस्थिति बनाएर नगरपालिका गएका थिए ।

मेडिकल कलेजको ल्याबमा गुणस्तरहीन केमिकलको प्रयोग छानबिन गरेर कारवाही कानून बमोजिम गर्नु एउटा अर्को पक्ष भएता पनि आफ्नो अधिकार र कार्यक्षेत्र भित्र नपर्ने टोली गएर बबन्डर खडा गरी राज्य शक्तिको दुरुपयोग गर्नु कतिको जायज छ ? वीरगन्ज हेल्थ केयर हस्पिटलमा मेयर राजेश मान सिंह आफैं गएर एमडी शाहनवाजलाई भेट्ने कार्य पनि शंकाको घेरामा परेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.