Home Top News इन्धनको मूल्य बढेको सुचना बाहिरिदैं वीरगञ्जका सबै पेट्रोल पम्प बन्द

इन्धनको मूल्य बढेको सुचना बाहिरिदैं वीरगञ्जका सबै पेट्रोल पम्प बन्द

by Ankushdaily
124 views

बिरंगज ।

सत्ता गठबन्धनको कमजोर सुचना तन्त्रले आम सर्वसाधारणलाई मर्का पारेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको सुचना नबाहिरिदैं बिरगंजका अधिकांश पेट्रोल पम्प राति ८ बजे पछि नै बन्द भएका थिए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको सुचना सार्वजनिक गरे भन्दा अगाडि नै बिरगंजका अधिकांश पेट्रोल पम्महरु बन्द भएका हुन ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.