Home राजनीति मधेशका मुख्यमन्त्री यादव चौथो पटक विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादव चौथो पटक विश्वासको मत लिँदै

by Ankushdaily
20 views
बिरगंज ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि एक पटक विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन्। पछिल्लो केही समय पहिला  केन्द्रमा समीकरण फेरिए सँगै मधेश प्रदेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो।

कांग्रेसले सरकारबाट बाहिरिए सँगै गत चैत ९ गते नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो। मधेस प्रदेशमा १०७ प्रदेश सभा सदस्यहरूमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.