Home Top News मधेस प्रदेश सरकारबाट लोसपा बाहिरियो, मन्त्री रमेशप्रसाद कुर्मीद्वारा राजीनामा

मधेस प्रदेश सरकारबाट लोसपा बाहिरियो, मन्त्री रमेशप्रसाद कुर्मीद्वारा राजीनामा

by Ankushdaily
42 views
बिरगंज ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो ।

लोसपाले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ । 

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको हो ।

लोसपाका नेता एवं वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्री पदबाट राजीनामा समेत दिइसकेको जानकारी दिए । 

यसैबीच कुर्मीको राजीनामा मंगलबार नै स्वीकृत भएको छ । मंगलबार नै वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यावले सम्हाल्ने गरी प्रदेश प्रमुखले तोकेका छन् ।

मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक-एक र एक स्वतन्त्र सांसद छन् । मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.