Home मुख्य समाचार पोखरिया अस्पतालमा आँखा उपचार केन्द्रको स्थापना

पोखरिया अस्पतालमा आँखा उपचार केन्द्रको स्थापना

by Ankushdaily
7 views

विरगंज । 

नेपाल नेत्र ज्योति संघ रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताल तथा पोखरिया नगरपालिकाे संयुक्त रुपमा पोखरिया अस्पतालमा आँखा उपचार केन्द्रको स्थापना गरेको छ ।

सो आँखा उपचार केन्द्रको उद्घाटन पोखरिया नगरपालिका प्रमुख प्रद्युमन प्रसाद चौहानले गर्नु भएको थियो । पोखरिया नगरपालिका तथा पोखरिया वरिपरिका आँखा रोगीहरुलाई आँखा उपचारको लागि अब बीरगंज धाउनु नपर्ने पोखरिया अस्पतालका मे.सु. डा. शन्जु दासले जानकारी दिनुभयो ।

सो कार्यक्रममा पोखरिया नगरपालिका प्रमुख प्रद्युमन प्रसाद चौहान, पोखरिया नगरपालिका उप प्रमुख रुबी ठाकुर, पोखरिया अस्पतालका मे.सु. डा. शन्जु दास, केडिया आँखा अस्पताल व्यवस्थापन समितिका सल्लाहकार रमेश कुमार केडिया, मे.डा. डा. नितिन तुलस्यान, लेखा अधिकृत श्रीकान्त प्रसाद कानु, ने.क.पा. एमाले नगर अध्यक्ष बिन्ध्याचल ठाकुर, पुर्व नगर प्रमुख दिप नारायण रौनियार, वडा अध्यक्ष नौसाद आलम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम पोखरिया अस्पतालका मे.सु. डा. शन्जु दासको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.