Home खेलकुद एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दै

एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दै

by Ankushdaily
17 views

बिरगंज ।

ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र युएई भिड्दै छन्। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल बिहान ११:४५ बजेदेखि सुरु हुनेछ।

समूह ए बाट अपराजित रहँदै नेपाल अन्तिम चारमा पुग्दा समूह बी मा युएई दोस्रो स्थानमा रहेको थियो। नेपालले आफ्नो समूह ए मा मलेसिया, कतार, हङकङ र साउदी अरेबियालाई हराएको हो। युएई समूह चरणमा ओमानसँग मात्र पराजित भएकाे थियो। नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ।

अर्को सेमिफाइनल खेलमा आयोजक टोली ओमानको प्रतिस्पर्धा हङकङसँग हुनेछ। ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४:१५ बजे सुरु हुँदैछ। यस प्रतियोगिताको फाइनल जित्ने टोलीले आगामी एसिया कप खेल्न पाउनेछ।

गत संस्करणमा नेपाल पहिलो हुँदै एसिया कप खेल्न पाएको थियो। नेपालले पाकिस्तान र भारतका सिनियर क्रिकेट टोलीहरूसँग पहिलो पटक खेल्न पायो। अहिले यो उपाधि जितेमा फेरि एक पटक नेपालले पाकिस्तान र भारतसँग खेल्न पाउनेछ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.