Home अन्तर्राष्ट्रिय भारतमा आजदेखि लोकसभा चुनाव, पहिलो चरणमा १ सय २ सिटको लागि मतदान हुदैं

भारतमा आजदेखि लोकसभा चुनाव, पहिलो चरणमा १ सय २ सिटको लागि मतदान हुदैं

by Ankushdaily
21 views
एजेन्सी ।
भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित  प्रदेशको १०२ सिटमा आज मतदान छ ।
तमिलनाडुको सबै ३९ सिटमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।
यस्तै उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका तीन लोकसभा सिटका लागि पनि पहिलो चरणमा मतदान हुने कार्यक्रम छ । राजस्थानका १२ सिटका लागि पनि आजै मतदान हुनेछ ।
अरुणान्चलका २, असमका ५, बिहारका ४, छत्तीसगढका १, मध्य प्रदेशका ६, महाराष्ट्रका ५, मणीपुरका २, मेघालयका २, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, जम्मु काश्मीर, लक्षदीप, अण्डमान, निकोबार र पुण्डुचेरी हरेकमा एक सिटका लागि आज मतदान हुँदैछ ।
भारतको यो निर्वाचनलाई विश्वभर निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि बहुमत जुटाउने अभियानमा रहेका छन् भने विपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धी मोदीको विरासत तोड्ने अभियानमा छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.