Home Top News डा. जगतको दावी फर्जी साबित, कारबाही अगाडि बढाइने :- प्रजिअ भुषाल

डा. जगतको दावी फर्जी साबित, कारबाही अगाडि बढाइने :- प्रजिअ भुषाल

by Ankushdaily
336 views

वीरगञ्ज

सार्वजनिक शौचालयको छेउमा एम्बुलेन्स समेत नछिर्ने बाटोमा अस्पताल सञ्चालन गरी बसेका डा. जगत प्रसाद दीपले हाकाहाकी झुठको खेती गरेर सर्वसाधारणलाई गुमराह गरी अबैध अर्थोपार्जन गरी राखेका छन् ।

Screenshot

केहि दिन अघि डा. जगतले संचालन गरेको ओम अस्पतालले आईभीएफ बिना इजाजत संचालन गरेको समा चार बिभिन्न सञ्चार माध्यममा आएपछि इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा आफुले सञ्चालन नगरेको निःसन्तान दम्पतिलाई सर सल्लाह मात्र दिने गरेको स्पष्टोक्ति आईभीएफ सेन्टर अफ ओम अस्पतालका सञ्चालक डा.जगत प्रसाद दीपले आफ्नो फेसबुक पेज मार्फत दिएका थिए ।

आफ्नो नोटिसमा यो कुरा आएको र अबिलम्ब स्वास्थ्य मन्त्रालय सँग समन्वय गरी कारवाही अगाडी बढाइने : प्रजिअ भुषाल

मधेश प्रदेशमा कुनै पनि अस्पतालले आईभीएफ सेन्टर सञ्चालनको अनुमति नलिएको स्वास्थ्य मन्त्रालयले भनि सकेको भएता पनि डा.जगतले बिभिन्न सञ्चार माध्यममा आफ्नो सेन्टर मधेश प्रदेशको पहिलो भएको बिज्ञापन वर्षौ देखि गर्दै आएको तथ्य उजागर भएको छ ।

यस सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल संग बुझ्दा उनले आफ्नो नोटिसमा यो कुरा आएको र अबिलम्ब स्वास्थ्य मन्त्रालय सँग समन्वय गरी कारवाही अगाडी बढाइने बताउनुभयो । पैसाको बलमा सुर्या हस्पिटल र श्री भवानी हस्पिटल एवं रिसर्च सेन्टर प्रा. लीले आईभीएफ बिना इजाजत संचालन गरेको जगजाहेर नै छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.