Home समाचार प्रतिबन्धित लागु औषधसहित ४ महिला सशस्त्र प्रहरीको नियन्त्रणमा

प्रतिबन्धित लागु औषधसहित ४ महिला सशस्त्र प्रहरीको नियन्त्रणमा

by Ankushdaily
73 views

वीरगञ्ज ।

सशस्त्र प्रहरी पर्साले प्रतिबन्धित लागू औषधसहित चार जना महिलालाई नियन्त्रणमा लिएको छ 

शुक्रवार भन्सार मेनगेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा शरिरमा लुकाईछिपाई भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित कोडिन मिश्रित कफ सिरप ओरनेक्स १०० एम एलका ६६ वटा बोतल बरामद गरी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर निवासी क्रमश: वर्ष २८, ५१, ४४ र ४० का चार जना महिलाहरु रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो।

उनीहरुलाई आवश्यक कारबाही प्रक्रियाका लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.