Home Top News फेरि फुट्यो जसपा, राईको नेतृत्वमा आयोगमा निवेदन,उपेन्द्र यादव अमेरिकामा

फेरि फुट्यो जसपा, राईको नेतृत्वमा आयोगमा निवेदन,उपेन्द्र यादव अमेरिकामा

by Ankushdaily
97 views

बिरगंज ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटेको छ।
जसपा फुटेर अशोक राईको नेतृत्वमा नयाँ पार्टी बनेको छ। राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गर्न लागेका हुन्।
स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्।
स्रोतका अनुसार राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, प्रदीप यादव,डा. वीरेन्द्र प्रसाद महतो लगायत रहेका छन्। आफू पक्षीय सांसदको हस्ताक्षरसहित राई निर्वाचन आयोगमा पुगिसकेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.