Home राजनीति अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

by Ankushdaily
34 views

काठमाडौं ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित  ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो ।

आयोगले दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भएपनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता गरेको बुझिएको छ ।

नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.