Home खेलकुद रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

by Ankushdaily
7 views
काठमाडौँ ।
स्पेनिश क्लब रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–३ को नतिजासहित रियाल मड्रिड फाइनलमा पुगेको हो ।
यस खेलमा १–० ले पछि परेको रियालले खेलको ८८औँ र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो । दुवै गोल माटो जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि अलफोसनो डाभिजले एक गोल गरेका थिए ।
यसअघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २–२ गोलको बराबरीमा सकिएको थियो ।
योसँगै रियाल मड्रिड १८औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । रियालले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो ।
अब रियाल मड्रिडले फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्ने छ । फाइनल खेल जुन २ तारिखमा मा लण्डनस्थित वेम्बली स्टेडियममा हुनेछ ।
सेमिफाइनलमा डर्टमण्डले पेरिस सेन्ट जर्मनलाई समग्रमा २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.