Home समाचार लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

by Ankushdaily
37 views
नेपालगञ्ज, २७ वैशाखः
बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
उहाँले कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताउनुभयो । परियारको बायाँ खुट्टामा गोली लागेको र उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथमा रहेको ११४ दशमलव २५ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिइएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारसम्बन्धी मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरुलाई लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि लामो समदेखि प्रहरीले निगरानीमा राखेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.