Home Top News मधेश सरकार संकटमा

मधेश सरकार संकटमा

by Ankushdaily
40 views

बिरगंज ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि मधेश प्रदेश सरकारमा संकट आउने देखिएको छ । जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ ।

अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन् ।

पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई मधेशमा आफ्नो दल नेतृत्वको सरकार जोगाउन हम्मे परेको छ । एमाले र माओवादी केन्द्रले भने मधेशमा नयाँ सरकार बनाउन कसरत सुरु गरिसकेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा समेत छलफल भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादव पनि आफ्नो सरकार बचाउन लबिङ गरिरहेका छन् ।

त्यसो त अहिले जसपा विभाजनको असर मधेशमा कस्तो पर्छ भन्ने प्रष्ट भइसकेको छैन । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

 

यादव नेतृत्वको सरकारलाई अहिले जसपासहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । यादवलाई एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए ।

जसअनुसार हाल विपक्षमा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका १ र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । यसआधारमा यहाँ ४६ सांसद छन् । जसपा नेपालमा भएको विभाजनपछि मधेशमा कुन दलमा कति सांसद रहन्छन् भन्ने निश्चित छैन । जसपा विभाजनले आउने परिणामले नै मधेशमा कसको सरकार बन्ने भन्ने निर्धारण देखिन्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.