Home Top News संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन: महामन्त्री थापा

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन: महामन्त्री थापा

by Ankushdaily
7 views

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीको ठगीका विषयमा संसदले छानबिन समिति बनाओस् भनेका छन् ।

कांग्रेसका महामन्त्री थापाले संसदमा सांसदका प्रश्न निमोठिने तयारी गरेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् ।

उनले संसदीय समिति गठन नगरेसम्म संसदको कुनैपनि कारवाही अगाडी बढाउन नदिने घोषणा गरेका छन् ।

संसदमा बोल्दै महामन्त्री थापाले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफुहरुको एक मात्र विषय भएको बताए ।

उनले किन डराएको भन्दै कहिले प्रहरी महानिरीक्षकलाई बोल्न लगाएको भन्दै महान्यायाधिवक्तालाई दुरुपयोग गरिएको आरोप लगाए ।

महामन्त्री थापाले प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्लिन चिट दिएर संसदमा झुट बोलेको आरोप लगाउदै रवि लामिछानेले माग फारम भरेर ऋण लिएको प्रमाण बोकेर संसदमा आएको बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.