Home Top News सहकारी ठगी प्रकरण: संसदीय छानबिन समिति गठन गर्ने सहमति

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समिति गठन गर्ने सहमति

by Ankushdaily
21 views
काठमाडौँ ।
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले यस विषयमा फेरि थप छलफल गर्ने कुराकारी भएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको चाहना रहेको छ ।’
आधा घण्टा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक र नेता कृष्णप्रसाद सिटौला तथा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा सहभागी थिए ।
सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.