Home मुख्य समाचार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी यादव १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी यादव १७ वर्षपछि पक्राउ

by Ankushdaily
28 views
वीरगन्ज ।
पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेको छ ।
विसं २०६३ साउनमा साविक गा.वि.स.लखनपुर वडा नं.९ हाल परिवर्तित सखुवा प्रसौनी गा.पा.वडा नं.६ एकडर्वा स्थित नहरको डिलमा रेखा राउत कम्करको हत्या गरेको अभियोगमा ५० वर्षीय बिनोद भन्ने विनय प्रसाद यादवलाई प्रहरीले मङ्गलबार निजको घरसखुवा प्रसौनी गा.पा.वडा नं.६ एकडरवाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो ।
यादव विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको थापाले बताए । 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.