Home Top News नेपाली कांग्रेस पर्साद्वारा मेयर सिंहमाथि कारबाहीको माग

नेपाली कांग्रेस पर्साद्वारा मेयर सिंहमाथि कारबाहीको माग

by Ankushdaily
188 views
वीरगन्ज ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको नेतृत्त्वमा मंगलबार निस्केको जुलुश नगर परिक्रमा गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुषाललाई ज्ञापन पत्र बुझाएको छ ।
सभापति जनार्दन सिंह क्षेत्रीले बुझाएको विज्ञप्तिमा लोकतान्त्रिक पद्धतिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु उपर सार्वभौम जनताले सुक्ष्म रुपमा नियाली रहेका हुन्छन । यसर्थ उसले गरेका हरेक गतिविधिको प्रशंसा तथा विरोध हुनु स्वभाविक प्रकृया हो । यसले सार्वजनिक पद धारण गरेका व्यक्ति समाज प्रति जवाफदेही हुनै पर्ने हुन्छ ।

यसै सन्दर्भमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछाने माथि संसदिय छानबिन समिति गठन गर्नका लागि नेपाल विधार्थी संघ पर्साद्वारा २०८१ जेष्ठ ०४ गते साझ शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा वीरगंज माईस्थान चौकमा मेयरद्वारा परिचालित केही अराजक व्यक्तिहरुको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरी ने.वि. संघ पर्साका अध्यक्ष रमेश कुमार यादव, उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, महमद नौसाद र नेपाली काँग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादवलाई घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

लोकतान्त्रिक व्यवस्थामा आफनो विचार राख्ने र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने संवैधानिक व्यवस्था रहेकोले अरुको संवैधानिक मौलिक हक हनन गर्ने नियतले अराजक समूह परिचालन गरी अवरोध गर्ने तथा आक्रमण गर्ने कार्यको नेपाली काँग्रेस पर्सा घोर भत्सर्ना गर्दै उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन बमोजिम आवश्यक कार्यवाही गर्न काँग्रेस पर्सा जोडदार मांग गर्दछ ।
सो कार्यक्रममा पार्टीका उपसभापति रामनारायण कुर्मी, मधेस प्रदेशका सासंद श्याम पटेल,सचिव एवं वीरगन्ज महानगरका उप-प्रमुख इम्तियाज आलम, सचिव एवं पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, क्षेत्र नं १ का सभापति अरबिन्द कुमार गुप्ता, क्षेत्र नं २ का सभापति मोहम्मद शाहाबुदीन, क्षेत्र नं ४ का सभापति एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, वीरगन्ज महानगर सभापति मनिन्द्रलाल नेपाली लगायत नेता, युवा बिधार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.